Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • चरेससहित दुईजना पक्राउ

    चरेससहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २ मंसिर २०७७
  • 2.8K
    SHARES

    विरगञ्ज । प्रहरीले नेपाल भारत सीमा पर्साको वीरगञ्जबाट लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

    चरेससँगै पर्सा वीरगञ्ज महानगपालिका–२ छपकैया बस्ने २८ वर्षीय अभिषेक श्रीवास्तव र वीरगञ्ज–५ वयुका २३ वर्षीय धीरज पटेल पक्राउ परेका हुन् ।



    नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि उनीहरुको शरीर खानतलास गर्दा ४ किलो ९०० ग्राम चरेस बरामद भएको वडा प्रहरी कार्यालय विर्ता, पर्साका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेशराज पुरीले जानकारी दिए ।



    ‘वीरगञ्ज महनगरपालिका–१६ स्थित नेपाल भारत सीमाको मितेरी पुल नजिकै सडकमा हिँडिरहेको अवस्थामा उनीहरुले खुट्टामा लुकाएर चरेस भारत लैजान खोजेका थिए,’ इन्सपेक्टर पुरीले भने, ‘पटेलको साथबाट २ केजी ४५० ग्राम र श्रीवास्तवको साथबाट २ केजी ४५० ग्राम चरेस फेला परेको हो ।’ पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको पुरीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार