Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कैलालीबाट ९ किलो चरेससहित पुरुष पक्राउ

    कैलालीबाट ९ किलो चरेससहित पुरुष पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 498
    SHARES

    कैलाली । कैलालीमा प्रहरीले चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका–७ काँडाका ३६ वर्षीय यमराज दौल्याल रहेका छन् ।

    उनलाई गोदावरी नगरपालिका वडा नम्बर २ बसपार्कमा रहेको नव‍ीन होटलबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    सादा पोसाकमा खटिएका प्रहरीले दौल्याललाई चरेससहित कोठा नम्बर १०१ बाट नियन्त्रणमा लिएको थियो ।



    पक्राउ परेका दौत्यालको साथबाट ९ किलो ३४० ग्राम चरेस बरामद गरिएको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार