Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बिस किलो ८ सय ग्राम चरेससहित युवक पक्राउ

    बिस किलो ८ सय ग्राम चरेससहित युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 3.4K
    SHARES

    धादिङ । इलाका प्रहरी कार्यालय गजुरीले २० किलो ८ सय ग्राम चरेससहित एक जनालाई पक्राउ गरेकाे छ ।

    गजुरीबाट खटिएको प्रहरी टोलीले २० किलो चरेससहित खनियाबास गाउँपालिका-२ तर्चिका रेशमबहादुर तामाङलाई पक्राउ गरेको हो ।



    इलाका प्रहरी कार्यालय गजुरीका सुचना अधिकारी समेत रहेका प्रहरी नीरिक्षक भोजराज पाण्डेका अनुसार गजुरी गाउँपालिका ६ आदमघाटस्थित पृथ्बी राजमार्गबाट उनी पक्राउ परेका हुन ।



    प्रहरीले आदमघाट ईलाकामा लागु औषधको कारोबार हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा हरियो रंगको जेब्रा झोलामा ३ वटा पोका र साथमा भिरेको कालो झोलाबाट सो सामान बरामद गरिएको जनाएको छ ।

    उनको साथबाट सामसुङ मोवाईल थान १ र नगद आठ हजार नेपाली रुपैयाँ समेत फेला परेको प्रहरी नीरिक्षक पाण्डेले जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार