Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • उद्योग वाणिज्य महासंघको निर्वाचन

    प्रधान र ढकाल समूहबीच तीव्र प्रतिस्पर्धा

    प्रधान र ढकाल समूहबीच तीव्र प्रतिस्पर्धा

    अनलाइन नेपाल
  • शनिबार, १३ मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज काठमाडौंका विभिन्न तीन स्थानमा हुँदै छ । महासंघको ५४औं वार्षिक साधारण सभामा शुक्रबार बन्दसत्र सम्पन्न भएसँगै आगामी वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको हो ।

    जसअनुसार ६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ । महासंघको निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लीलामणि पौडेलले अध्यक्षबाहेक महासंघको अन्य नयाँ कार्यसमिति चयनका लागि सम्पूर्ण तयारी पूरा भएको बताए ।



    शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाडौंका तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । जिल्ला-नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान हुनेछ ।



    यसैगरी, कोरोना संक्रमित मतदाता व्यवसायीहरूका लागि पनि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा छुट्टै मतदानको व्यवस्था मिलाइएको महासंघ निर्वाचन समितिले जनाएको छ ।

    ६३ पदका लागि १२७ को उम्मेदवारी

    निर्वाचन समितिका अनुसार मतदान कार्य बिहान ८ बजेदेखि सुरु भई दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ । कुनै विवाद र समस्या नआए शनिबार राति नै मतपरिणाम आउने सो समितिले जनाएको छ । वर्तमान विधानअनुसार शनिबारदेखि नै अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्षसहित अन्य बाँकी पदहरूमा मात्र निर्वाचन हुन लागेको हो ।

    शानिबार हुने निर्वाचनमा महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा हुँदै छ । दुई जना कार्यसमिति सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् । महासंघको वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्ला र नगर तथा एसोसिएटतर्फ एक(एक उपाध्यक्ष, सात प्रदेश, एक संस्थागत समूहसहित ६३ पदका लागि १२७ जना व्यवसायीको उम्मेदवारी परेको महासंघले जनाएको छ ।

    विधानअनुसार अध्यक्षमा शेखर गोल्छा स्वतः चयन हुने भएपछि अहिले यस निर्वाचनको चुनावी मैदानमा वरिष्ठ उपाध्यक्ष पदमा ढकाल र प्रधान, उद्योग वाणिज्य समूहतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, वस्तुगत समूहतर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ एवं एसोसिएटतर्फको उपाध्यक्ष पदमा सौरभ ज्योति ज्योति र रामचन्द्र संघाई  प्रतिस्पर्धामा छन् ।

    वरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार ढकाल समूहबाट महासंघको आगामी उपाध्यक्ष पदमा तिवारी, उमेशलाल श्रेष्ठ र संघाईले उम्मेदवारी दर्ता गराएका हुन् भने अर्का प्रतिस्पर्धी प्रधान समूहबाट उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र सौरभ ज्योतिले उम्मेदवारी दर्ता गराएका हुन् ।  यसैगरी, महासंघको जिल्ला-नगरतर्फ १८ केन्द्रीय कार्यसमिति सदस्यका लागि ३८ जनाको उम्मेदवारी परेको छ । प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगततर्फको १४ कार्यसमिति सदस्यका लागि २९ जना र १९ जना एसोसिएटतर्फको सदस्य पदका लागि ३३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, एक जना संस्थागत समूहका लागि तीन जना व्यवसायीको उम्मेदवारी परेको महासंघ निर्वाचन समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार