Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • परराष्ट्रमन्त्री ज्ञवालीमाथि यसरी खनिए सत्तारुढ दलकै सांसद रावल

    परराष्ट्रमन्त्री ज्ञवालीमाथि यसरी खनिए सत्तारुढ दलकै सांसद रावल

    अनलाइन नेपाल
  • शुक्रबार, १९ मंसिर २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भीम रावलले भारतीय गुप्चतर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटलाई लिएर संसदीय समितिमा आपत्ति जनाएका छन् ।

    प्रतिनिधसभाको अन्तर्राट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा सांसद रावलले रअका प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्रीसँग भेटेको विषयबारे संसद, सत्तारुढ दल नेकपा र जनतालाई जानकारी नभएको भन्दै आपत्ति जनाएका हुन् ।



    उनले भने–‘भारतका गुप्चतर संस्था रअका प्रमुख सामन्त गोयल सैनिक जहाजमा चढेर काठमाडौं आए । त्यसबारे भारत र नेपालको परराष्ट्र मन्त्रालयले कुनै जानकारी गराएको छैन । राति प्रधानमन्त्री निवासमा गुप्तचरसँग भेट्ने कुरा मिलेन । यस्ता गतिविधि गरिनु हुन्न ।’



    पार्टीको विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उक्त भ्रमणबारे जानकारी नरहेको र सत्तारुढ दलका सांसद आफूलाई पनि त्यो जानकारी नभएको रावलको भनाइ थियो ।

    ‘अपारदर्शी रूपमा गुप्तचरसँग वार्ता गर्ने कुरा मेल खाँदैन । त्यो बन्द गरिनुपर्छ’ रावलले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार