Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • महानगरीय प्रहरी कार्यालयमा एआइजी पालको सरुवा

    महानगरीय प्रहरी कार्यालयमा एआइजी पालको सरुवा

    अनलाइन नेपाल
  • बिहिबार, २५ मंसिर २०७७
  • 4.7K
    SHARES

    काठमाडौं। सरकारले बिबादास्पाद डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गरेसँगै पदस्थापन र सरुवा पनि गरेको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई बढुवा गरी कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ ।



    एआईजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।



    पाल कार्य तथा अपराध अनुसन्धान विभागमा कार्यरत थिए।

    रानीपोखरीमा डिआइजीको दरबन्दी कायम रहँदै आएकोमा अब एआइजी राख्ने निर्णय सरकारले गरेको हो।

    राज्य व्यबस्था समितिले दिएको निर्देशन बिपरित सरकारले पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

    यो सँगै प्रहरी संगठनमा  चरम राजनीति घुसेको भन्दै चिन्ता शुरु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार