Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रेमिट्यान्समा उल्लेख्य वृद्धि

    रेमिट्यान्समा उल्लेख्य वृद्धि

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 2K
    SHARES

    काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ३३७ अर्ब ७२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । मुलुकमा कोरोना कहरयता उच्च सुधारमा रहेको रेमिट्यान्स आप्रवाह चार महिनामा ११.२ प्रतिशतले वृद्धि भएको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण विश्व अर्थतन्त्र तथा नेपालको अर्थतन्त्र पनि खलबलिएका बेला नेपालमा भित्रिने रेमिट्यान्स भने निरन्तर बढ्दो छ ।

    नेपाल राष्ट्र बैङ्कले सोमबार प्रकाशित गरेको आर्थिक वर्ष २०७७/७८ को चार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।



    श्रम स्वीकृति लिने घटे
    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७५.८ प्रतिशतले कमी आई १९ हजार २५१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५.६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५ हजार ९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९.१ प्रतिशतले बढेको थियो ।



    कुल आन्तरिक कर्जा बढ्यो
    समीक्षा अवधिमा कुल आन्तरिक कर्जा पनि ४.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.५ प्रतिशतले बढेको थियो ।
    समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.७ प्रतिशतले बढेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार