Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • प्रचण्ड–माधव पक्षकाे केन्द्रीय समितिको बैठक सुरु

    प्रचण्ड–माधव पक्षकाे केन्द्रीय समितिको बैठक सुरु

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 2.7K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षको केन्द्रीय समिति बैठक शुरु भएको छ ।

    राजधानीको बबरमहल स्थित कार्की पार्टी प्यालेसमा केहीबेरअघि बैठक शुरु भएको एक नेताले जानकारी दिए ।



    ती नेताका अनुसार बैठकमा प्रचण्ड–माधव पक्षका नेताहरुको बाक्लो उपस्थिति रहेको छ ।



    स्राेतका अनुसार बैठकले प्रधानमन्त्री अ‍ोलीलाई पार्टीको अध्यक्षबाट हटाउने र माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ ।

    यसअघि नै नेकपा स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरिसकेको छ । त्यसलाई औपचारिकता दिन आजै प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय सदस्यहरुको अलग्गै बैठक बसेकाे हाे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार