Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पाकिस्तानमा ११ मजदुरको गाेली हानी हत्या

    पाकिस्तानमा ११ मजदुरको गाेली हानी हत्या

    अनलाइन नेपाल
  • आइतबार, १९ पुष २०७७
  • 3.5K
    SHARES

    एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ । कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् ।

    बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । मजदुरहरुलाई अपरिचित लडाकूहरुले गोली प्रहार गरेको बोलानका उप–आयुक्त मुराद कासीले बताए ।



    घटनामा परी घाइते भएका मजदुरहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । उनीहरुको अवस्थाका बारेमा जानकारी गराइएको छैन ।



    घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले आफ्नो संलग्नताको जिम्मेबारी पनि नलिएको अधिकारहिरुले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार