Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गर्ने एक जना पक्राउ

    ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गर्ने एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 3.7K
    SHARES

    सांकेतिक तस्विर

    भक्तपुर । महानगरीय प्रहरी प्रभाग बालकोटले ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी प्रभाग बालकोटमा ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि हातपात गर्ने सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीय नारायण सिंह सिलवाललाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    सिलवाललाई नियन्त्रणमा लिई मादक पदार्थ सेवन जाँच गर्नको लागि कोरियन अस्पताल ठिमी लगिएकोमा उनले पुनः प्रहरीलाई हातपात गर्नुका साथै उक्त अस्पतालको इर्मेरजेन्सी वार्डको झ्याल ढोकाको सिसा समेत तोडफोड गरेका थिए ।



    यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार