Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • म्यानमारको सेनाले हिरासतमा लियो आङ सान सु कीलाई

    म्यानमारको सेनाले हिरासतमा लियो आङ सान सु कीलाई

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 3.3K
    SHARES

    काठमाडौँ । म्यानमारमा नेसनल लिग फर डेमोक्रेसी पार्टी(एनएलडी)की सर्वोच्च नेता आङ सान सू कीलाई त्यहाँको सेनाले हिरासतमा लिएको छ ।

    सु कीको पार्टीले एक वक्तव्य जारी गरी यसबारेमा जानकारी दिएका छन् । केही सयमदेखि म्यानमारमा सरकार र सेनाबीच तनाव देखिएको थियो । सेनाद्वारा ‘कु’ हुने आशंका गरिएकै बेला सु कीलाई गिरफ्तार गरिएको हो ।



    गत नोभेम्बर महिनामा भएको चुनावमा सु कीको पार्टी एनएलडी प्रचण्ड मतसहित विजयी भएको थियो । तर सेनाले भने चुनावमा व्यापक धाँधली भएको दाबी गर्दै आएको थियो । सेनाले सोमबारका लागि निर्धारित संसद् बैठक स्थगित गर्न आह्वान गरेको छ । एनएलडीका प्रवक्ताले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार सु कीसहित राष्ट्रपति विन मिन्ट र अन्य नेताहरुलाई पनि सेनाले हिरासतमा लिएको छ ।



    बीबीसीका अनुसार राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको छ । त्यस्तै बीबीसी बर्मेली सेवाका अनुसार राजधानी याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ। म्यानमारमा सन् २०११ सम्म सेनाले प्रत्यक्ष रुपमा शासन गरेको थियो । उक्त समयमा सुकीलाई लामो समय घरमै नजरबन्दमा राखिएको थियो । उनलाई सन् १९८९ देखि २०१० सम्म नजरबन्दमा राखिएको थियो ।

    सुकी म्यानमारका स्वतन्त्रता सेनानी जनरल आङ सानकी छोरी हुन् । उनी मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने व्यक्तिका रुपमा विश्वमै परिचित छिन् । प्रजातन्त्रको पुन:स्थापना र मानव अधिकारका लागि अहिंसात्मक तवरले लड्दै आएको भन्दै उनलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पनि दिइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार