Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्डविरूद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

    प्रचण्डविरूद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 2K
    SHARES

    काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

    अधिवक्ता समीर हायूले प्रचण्डविरुद्ध अवहेलना मुद्दा दर्ता गरेकाे मुद्दाको पेसी मंगलबारलाई तोकिएको छ । प्रचण्डले अदालत र न्यायाधीशहरूलाई पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदनमा दाबी गरिएको छ ।



    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।



    उक्त मुद्दामा विपक्षी सबैलाई लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार