Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • संवैधानिक नियुक्ति मुद्दाः सर्वोच्चद्वारा सरकारसँग कारण देखाऊ आदेश जारी

    संवैधानिक नियुक्ति मुद्दाः सर्वोच्चद्वारा सरकारसँग कारण देखाऊ आदेश जारी

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारी नियुक्तिको विरुद्धमा परेको रिटमाथि विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

    शुक्रवार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले संवैधानिक निकायका पदाधिकारी नियुक्तिको विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सरकारसँग १५ दिनभित्र कारण पेश गर्न माग गरेको हो ।



    संसद नै विघटन भएका बेला संवैधानिक सुनुवाइ बिनानै संवैधानिक निकायहरुमा नियुक्ति र सपथ भएको बताउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।



    वरिष्ठ अधिवक्ता त्रिपाठीले सरकारले संविधान विपरीत संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको दाबी गर्दै उक्त अध्यादेश संविधानको धारा २, ८३, २८४ र २९२ को बर्खिलाप भएको उल्लेख गरेका थिए ।

    उक्त रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र संवैधानिक परिषद्लाई विपक्षी बनाइएको छ । त्यस्तै संवैधानिक परिषद्मा गरिएका नियुक्तिविरुद्ध शुक्रवार सभामुख अग्निप्रसाद सापकोटाले पनि रिट दायर गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार