Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • संवैधानिक पदाधिकारीको नियुक्तिविरूद्ध परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

    संवैधानिक पदाधिकारीको नियुक्तिविरूद्ध परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 501
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले आजका लागि पेशी तोकेको संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।

    सर्वोच्च अदालत संवैधानिक इजलासमा अन्तिम सुनवाइका लागि पेशी तोकिएको संवैधानिक निकायमा गरिएको नियुक्ति विरुद्धको मुद्दा समय अभावका कारण हेर्न नभ्याइने सूचीमा परेको हो ।



    यसअघि, सर्वोच्च अदालत संवैधानिक इजलासले पेशी नसर्ने र मुद्दा स्थगित नहुने गरी व्यवस्था गर्न आदेश दिएपछि अन्तिम सुनुवाई गर्न आज पेशी तोकिएको थियो ।



    पटक–पटक सुनुवाई प्रभावित भएपछि संवैधानिक इजलासले २०७९ साउन ११ गते पेशी नसर्ने र मुद्दा स्थगित नहुने गरी व्यवस्था गर्न आदेश दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार