Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • नेपाल–बेलायत सम्बन्ध सुदृढ तुल्याउने प्रतिबद्धता

    नेपाल–बेलायत सम्बन्ध सुदृढ तुल्याउने प्रतिबद्धता

    अनलाइन नेपाल
  • सोमबार, २६ माघ २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल र बेलायतले पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदबीच आज अपराह्न भएको भर्चुअल बैठकमा बहुआयामिक नेपाल–बेलायत सम्बन्धलाई अझ सुदृढ तुल्याउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



    बैठकमा नेपाल–बेलायत सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । उनीहरुबीच आपसी सहयोग, जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना, कोभिड–१९ महामारीलगायत विषयमा पनि छलफल भएको थियो ।



    बेलायती राज्यमन्त्रीले सगरमाथा संवाद तथा मन्त्री ज्ञवालीले यसै वर्ष बेलायतमा आयोजना हुने कोप–२६ बारेमा छलफल गरेका थिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार