Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ब्राजिलमा ४० लाखले कोरोना खोप लगाए

    ब्राजिलमा ४० लाखले कोरोना खोप लगाए

    अनलाइन नेपाल
  • बिहिबार, २९ माघ २०७७
  • 2K
    SHARES

    एजेन्सी । ब्राजिलमा बिहीबारसम्ममा ४० लाखभन्दा बढी ब्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

    जनवरी १७ देखि खोप सुरू गरिएको यस दक्षिण अमेरिकी मुलुक विश्वकै अत्यधिक प्रभावित मुलुकमध्ये अग्र तेस्रो स्थानमा पर्दछ ।



    सङ्क्रमणका हिसाबले ब्राजिल अमेरिका र भारतपछि पढि प्रभावित मुलुक हो भने मृत्यु सङ्ख्याका हिसाबले अमेरिकापछि अर्थात् दोस्रो बढी प्रभावित मुलुक हो ।



    ब्रजिलमा अहिलेसम्म दुई लाख ३५ हजार कोभिड–१९ सङ्क्रमित को मृत्यु भइसकेको छ ।

    ब्राजिलमा अझै पनि सङ्क्रमण दर उच्च रहेको छ । विगत २४ घण्टामा ब्राजिलमा ५९ हजार ६०२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यससँगै यहाँ कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ९६ लाख ५९ हजार १६७ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार