Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ओलीको प्रतिगमनकारी कदम अब चाहिं टिक्दैन : प्रचण्ड

    ओलीको प्रतिगमनकारी कदम अब चाहिं टिक्दैन : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १ फाल्गुन २०७७
  • 2.8K
    SHARES

    सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले शक्ति दुरुपयोग गर्दै संविधान, लोकतन्त्र र संघियता माथि प्रतिगमनकारी कदम चालेको बताएका छन् ।

    शनिबार सिन्धुलीको कपिलाकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घटन गर्ने क्रममा अध्यक्ष दाहालले ओलीको प्रतिगामी कदम छिट्टै परास्त हुने समेत ठोकुवा गरे ।



    कार्यक्रममा बोल्दै दाहालले यस्तो कदम अब धेरै दिन नटिक्ने पनि बताए ।



    उनले भने–‘ओली सरकारले संविधान र लोकतन्त्रको मुल मर्ममाथि प्रहार हुने गरी प्रतिमगनकारी कदम चालेका छन् । मलाई के विश्वास छ भने छिट्टै प्रतिगामी कदम परास्त हुनेछ । नेपाली जनताको बलिदानीको उपलब्धीको रुपमा आएको संविधान र लोकतन्त्र ट्रयाकमा आउने छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार