Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आइतवार थप १० लाख कोरोना भाइरस खोप नेपाल आइपुग्ने

    आइतवार थप १० लाख कोरोना भाइरस खोप नेपाल आइपुग्ने

    अनलाइन नेपाल
  • शनिबार, ८ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी ओलीले  थप १० लाख कोरोना खोप आइतवार भारतबाट आउने जानकारी दिएका छन्।

    यसअघि भारतबाटै अनुदानमा १० लाख मात्रा खोप आएपछि नेपालमा खोप अभियान शुरु भएको थियो।



    ‘भोलि फेरि १० लाख मात्राको खोप किनेर भारतबाट ल्याउँदैछौँ। केही दिनपछि चीनबाट ल्याउँदैछौँ र केही दिनपछि फेरि भारतबाट ल्याउँदैछौँ,’ प्रधानमन्त्री ओलीले शनिवार विराटनगरमा आयोजित पार्टीको जनसभामा बोल्दै जानकारी दिए।



    सरकारले फागुन २३ वा त्योभन्दा अगावै ६० वर्षभन्दा माथि उमेरका मानिसहरूलाई खोप लगाउने घोषणा गरिसकेको छ।

    प्रधानमन्त्री ओलीले किनेर ल्याउने खोप भनेकाले त्यसकै पहिलो खेप आइतवार आउने ठानिएको छ।अक्सफर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीद्वारा विकसित उक्त खोप केही चरणमा ल्याइने स्वास्थ्यमन्त्रीले जानकारी दिएका थिए।

    लगत्तै अन्तर्राष्ट्रिय खोप सहायता सञ्जाल कोभ्याक्समार्फत् पनि साढे २२ लाख मात्रामा सोही खोप सहायतास्वरूप आउने बताइएको छ।

    चीनको सिनोफार्मले उत्पादन गरेको खोपलाई नेपालको औषधि व्यवस्था विभागले सशर्त प्रयोगको अनुमति यसै साता दिएको छ। चीन सरकारले शुरुमा पाँच लाख मात्राको खोप अनुदानस्वरूप नेपाललाई उपलब्ध गराउने भनिसकेको छ।

    प्रधानमन्त्री ओलीले धेरै समय वर्तमान सरकारले थालेका विकास अभियानका विषयबारे बोलेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार