Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • केपी ओलीले आफूलाई महाराजधिराज ठाने : प्रचण्ड

    केपी ओलीले आफूलाई महाराजधिराज ठाने : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १५ फाल्गुन २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘केपी ओली  सामन्तवादी भएको आरोप लगाएका छन् ।

    ओलीले आफूलाई ‘महाराजधिराज’ ठान्ने गरेको प्रचण्डले बताए ।



    ललितपुरको जावलाखेलमा शनिबार आयोजित  पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले  ओलीमा ‘अरुको आलोचना सुन्न नसक्ने, बैठक, छलफल मन नपराउने’ चरित्र रहेको आरोप लगाए।



    ओलीमा विचार, सिद्धान्त र इमान्दारितामा कुनै मतलब नभएको तथा जालझेल मात्र जानेको भन्दै प्रचण्डले चर्को आलोचना गरे ।

    उनले पार्टी एकताका क्रममा भएका सहमतिलाई ओलीले उलङ्घन गरेको बताए।

    आलोपालो सरकारको नेतृत्व, दुवै जना अध्यक्षको समान हैसियतजस्ता सहमतिहरु ओलीले ‘आई एम द स्टेट’ शैलीमा उलङ्घन गरेको प्रचण्डको भनाई छ।

    प्रचण्डले भने, ‘ ओलीले जेलमा बस्दा महाभारत र चाणक्यबाहेक केही पढेनछन् । सकुनी खुब मनपर्छ उनलाई ।’

    केपी ओली सकुनीको भूमिकामा रहेको पनि प्रचण्डले प्रस्ट पारे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार