Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • शिलान्यासमा व्यस्त प्रधानमन्त्री आज पोखरामा

    शिलान्यासमा व्यस्त प्रधानमन्त्री आज पोखरामा

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । पछिल्लो समय उद्घाटन र शिलान्यास गर्ने कार्यमा व्यस्त रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा पुगेका छन् ।

    आइतबार विभिन्न कार्यक्रममा गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री आज सोमबार पोखरा पुगेका हुन् ।



    गण्डकी प्रदेश प्रतिष्ठान भवनको शिलान्यास गर्न उनी पोखरा पुगेको स्रोतले बताएको छ ।



    त्यस्तै, पोखरामा प्रधानमन्त्री ओलीले प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ।

    पोखरामा रहँदा उनले निर्माणाधीन पोखरा रंगशालाको निरीक्षण गर्ने कार्यतालिकासमेत रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार