Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ग्रेटर नेपालका फणिन्द्रको घर कब्जा गर्ने धन्दा, खाली गराउन अदालतको आदेश

    ग्रेटर नेपालका फणिन्द्रको घर कब्जा गर्ने धन्दा, खाली गराउन अदालतको आदेश

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 5.2K
    SHARES

    काठमाडौं । ग्रेटर नेपालको अभियान्ता बताउने फणिन्द्र नेपाल र उनकी श्रीमती रोहिका नेपालले वर्षौंदेखि कब्जा गरेको घर खाली गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

    चावहिस्थित गणेशथानमा रहेको नरेश न्यौपानेको घर इडेन पब्लिक स्कुल सञ्चालनको लागि भन्दै नेपाल दम्पत्तिले २०७२ साउन १ गतेदेखि भाडामा लिएका थिए । तर, २०७४ सालदेखि उनीहरुले न्यौपानेलाई घरभाडा तिर्न छाडे ।



    न्यौपानेले पटक–पटक घरभाडाका लागि पहल गर्दा समेत उनीहरुले नतिरेपछि अन्ततः यो मुद्दा स्थानीय सरकार हुँदै अदालदसम्म पुगेको थियो ।



    मिति २०७५ मंसिर १३ गते काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोलको उपस्थिति रोहिका नेपाल र नरेश न्यौपानेबीच २०७५ साल चैत मसान्तभित्र घर खाली गर्ने र त्यसबेलासम्मको घर भाडा वापतको रकम २१ लाख ५० हजार तिर्ने सम्झौता भएको थियो ।

    तर, चैत मसान्तसम्म पनि उनीहरुले भाडा त तिरेनन् नै घर खाली पनि गरेनन् । अर्काको घर हडपेर बसेका नेपाल दम्पत्तिले उल्टै अदालतमा मुद्दा हालेका थिए ।
    वडा कार्यालय, काठमाडौं महानगरपालिका हुँदै अदालत पुगेको उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले २०७७ माघ २० गते बाँकी बक्यौता चुक्ता गरी घर खाली गर्न आदेश दिएको हो ।

    त्यसअघि २०७६ मंसिर २३ गते काठमाडौं महानगरपालिकाले नेपाल दम्पत्तिले घरभाडा नतिरेको प्रष्ट हुन आएको भन्दै प्रहरीको सहयोगमा घर खाली गरी जानकारी गराउन रोहिका नेपाल(प्रिन्सिपल इडेन पब्लिक स्कुल) लाई पत्र काटेको थियो ।

    उक्त पत्रमा भनिएको छ–‘प्रतिवादीले वादीलाई तिर्न बुझाउन पर्ने बाहाल रकम  १५ लाख ५० हजार प्रतिवादीबाट वादीलाई भराई नेपाल प्रहरी समेतको सहयोगमा उल्लेखित घरजग्गा तथा कम्पाउण्डबाट प्रतिवादीलाई हटाई घरजग्गा तथा कम्पाउण्ड खाली गरिदिने ठहर्छ ।’

    काठमाडौं जिल्ला अदालतले पनि काठमाडौं महानगरपालिकाको उक्त निर्णयलाई सदर गरेको हो ।

    जिल्ला अदालतको फैसलामा भनिएको छ–‘उपरोक्त रोहिका नेपालविरुद्ध नरेशकुमार न्यौपाने ‘घर भाडा सम्झौता गराई कर चुक्त गर्ने वातावरण बनाई दिने’ ०७६–PD–००६४ मुद्दा नं. को मुद्दा यस अदालतमा मिति २०७६/०९/२५ मा दर्ता भएकोमा यस अदालतबाट ‘यसमा करार अवधि समाप्त भई सकेको, पुनरावेदकले घर खाली गरिदिने गरी कागज गरेको समेतका आधार एवं कारण पुर्याई सुरुले गरेको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ ।’

    त्यसैगरी फैसलामा इडेन पब्लिक स्कुलले सम्झौता बमोजिमको सबै रकम चुक्त गरिसकेको प्रमाण पेश गर्न नसकेको पनि उल्लेख छ ।

    काठमाडौं जिल्ला अदालतले घर खाली गर्न आदेश दिएको एक महिना वितिसक्दा पनि घर खाली नभएपछि पीडित नरेश न्यौपाने पुनः फैसला कार्यान्वयनका लािग काठमाडौं महानगरपालिका पुगेका छन् ।

    २०७७ माघ २६ गने जिल्ला आदालतको फैसला बोकेर महानगरपालिका पुगेका न्यौपानेको निवेदनका आधारमा महानगरपालिकाले २०७७ माघ २९ गते फैसला कार्यान्वयन गर्नका लागि भन्दै निर्णय कार्यान्वयन समन्वय समितिलाई पत्र काटेको छ ।

    ‘ढाँटेको कुरा काटेपनि मिल्दैन’ भनेझैं छलकपट गर्दै घर कब्जा गर्दै आएकी रोहिका नेपालले अब भने न्यौपानेको घर छाड्नै पर्ने देखिन्छ ।

    आफैले मुद्दा हालेर मुद्दा हारिसक्दा पनि आफूले आफूलाई महान अभियान्ता बताउने फणिन्द्र नेपाल र उनकी श्रीमती रोहिका अझै भाडै नतिरी न्यौपानेकै घर कब्जा गरिरहेका छन् ।

    अदालतको अदेशलाई टेरपुच्छर नलगाउने नेपाल दम्पत्तिको ज्यादतीमाथि महागरपालिका र प्रशासनले कहिले कदम चाल्ने हो त्यो भने पर्खाइको विषय बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार