Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विप्लव नेतृत्वले गर्यो वार्तामा आउने तयारी

    विप्लव नेतृत्वले गर्यो वार्तामा आउने तयारी

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 2.7K
    SHARES

    फाइल तस्वीर

    काठमाडौँ । प्रतिबन्धित नेकपा नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीपनि सरकारसँग वार्तामा आउने तयारी गरेको छ ।

    मंगलबार सरकारले विप्लवसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा टोली गठन गरेसँगै आफुहरु वार्तामा आउन लागेको विप्लव निकट स्रोतले बताएको छ।



    वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा समिति बन्ने विप्लव निकट स्रोतले जनाएको छ ।



    यसअघि सरकारसँग वार्तामा आउन आफुहरु तयार रहेको भन्दै पार्टी अध्यक्ष विप्लवले विज्ञप्ति जारी गरेका थिए ।

    गत २०७५ फागुन २८ गते सरकारले विप्लव समूह ध्वंसात्मक गतिविधिमा संग्लग्न भएको भन्दै प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार