Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रशिक्षण प्रदायक संस्थाहरुको सुदृढिकरण गर्न प्रहरी संगठन क्रियाशील : आईजीपी क्षेत्री

    प्रशिक्षण प्रदायक संस्थाहरुको सुदृढिकरण गर्न प्रहरी संगठन क्रियाशील : आईजीपी क्षेत्री

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    कास्की । प्रहरी महानिरीक्षक (आईजीपी)  शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीका प्रशिक्षण प्रदायक संस्थाका विद्यमान समस्या र चुनौतीहरुको पहिचान गर्दै आगामी दिनमा यस्ता संस्थाको सवलीकरण र सुदृढिकरण गर्नेतर्फ प्रहरी संगठन क्रियाशील रहेको बताएका छन्।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको आयोजनामा आइतबारदेखि संचालित बाह्‍य प्रशिक्षक कार्यशाला तथा अवलोकन भम्रण कार्यक्रम २०७७ समापनका अवसरमा टीका रिसोर्ट बैदाम पोखरामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी क्षेत्रीले उक्त कुरा वताएका हुन ।



    आईजीपी क्षेत्रीले प्रशिक्षण प्रदायक संस्था नेपाल प्रहरी संगठनकै मेरुदण्डको रुपमा रहेको बताउँदै आम नागरिकलाई प्रहरीमा रुपान्तरण गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएका प्रशिक्षक वर्गहरुले आफूलाई अझै अनुशासित, स्वाभिमानी र जिम्मेवार बनाई कार्य-सम्पादन गर्नुपर्नेमा जोड दिए  ।



    समापन कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल लगायत पोखरास्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार