Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्थानीयको ढुंगामुढापछि मोतिपुरबाट हिडे अर्थमन्त्री पौडेल

    स्थानीयको ढुंगामुढापछि मोतिपुरबाट हिडे अर्थमन्त्री पौडेल

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 3.7K
    SHARES

    रुपन्देही। औधोगिक कोरिडोरको शिलान्यास गर्न मोतिपुर पुगेका अर्थमन्त्री बिष्णु पौडेलमाथि स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् ।

    स्थानीयबासीको चर्को विरोधकाबीच अर्थमन्त्री पौडेलले औधोगिक कोरिडोरको शिलान्यास गरेर भाषण गरिरहँदा स्थानीयले माइकको लाइन काटिदिएपछि पौडेल बीचमै सम्बोधन छाडेर निस्केका छन् ।



    ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएर हिडेका थिए ।



    अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार गरेपछि ओली समूहका कार्यकर्ताले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए । तर प्रहरीले दुबैतर्फबाट भएको ढुंगामुढा रोकेको थियो ।

    त्यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले छोटो मन्तव्य राखेका थिए । आक्रोशित स्थानीयले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयोजनासम्बन्धी जानकारी बोर्ड भत्काइदिएका छन् ।

    बिहीबार शिलान्यासका लागि तयार गरिएको मञ्च स्थानीयले भत्काइदिएपछि रातारात सशस्त्र प्रहरीले मञ्च खडा गरेर अर्थमन्त्री पौडेल शिलान्यास गर्न मोतिपुर पुगेका थिए ।

    मोतिपुर औधोगिक करिडोरका लागि अतिक्रमण गरेको ८१३ बिगाहा जमिनमध्ये २५० बिगाहा जमिनमा बिगत ५५ वर्ष देखि ३ हजार घर परिवार बस्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार