Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्पेनिस ला लिगामा बार्सिलोनाको सहज जित

    स्पेनिस ला लिगामा बार्सिलोनाको सहज जित

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।

    शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई दुई शुन्य गोल अन्तरले पराजित गरेको हो । ओसासुनाको मैदानमा बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा र मोरिबाले एक एक गोल गरे ।



    खेलको ३० औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा मोरिबाले गोल गर्दै बार्सिलोनालाई दुई शुन्य गोलको जित दिलाए ।



    जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी घटाएको छ । बार्सिलोनाले २६ खेलमा ५६ अंक जोडेको छ ।

    दोस्रो स्थानको बार्सिलोना एट्लेटिको भन्दा २ अंकले पछि रहेको छ । एट्लेटिकोको ५८ अंक रहेको छ ।

    ओसासुना २८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार