अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज न्युजिल्याण्डलाई

अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज न्युजिल्याण्डलाई

अनलाइन नेपाल
  • आइतबार, फाल्गुन २३ २०७७

  • 2.1K
    SHARES

  • अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज न्युजिल्याण्डलाई

    एजेन्सी । न्युजिल्याण्डले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेटको सिरिज जितेको छ ।

    आइतबार न्युजिल्याण्डको  घरेलु मैदान विलिङटनमा  भएको पाँचौं तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै न्युजिल्याण्डले ३-२ ले सिरिज जितेको हो ।

    अष्ट्रेलियाले दिएको १ सय ४३ रनको लक्ष्य न्युजिल्याण्डले १५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

    न्युजिल्याण्डको जितमा मार्टिन गुप्टिलले ७१ रनको अर्धशतकीय इनिङ्स खेले।

    यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार