Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दलको मान्यता माग्दै प्रचण्ड-माधव समूह संसद सचिवालयमा

    दलको मान्यता माग्दै प्रचण्ड-माधव समूह संसद सचिवालयमा

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । आइतबार प्रचण्ड-माधव समूहका शीर्ष नेताहरुले संसद सचिवालयका महासचिवलाई भेटेका छन् ।

    नेकपा विभाजनमा आधिकारिता नआई संसदीय दलको नेता परिवर्तन सम्बन्धी पत्राचारलाई मान्न नसकिने सचिवालयले बताएलगत्तै उनीहरुले महासचिव डा. भरतराज गौतमलाई भेटेका हुन् ।



    आइतबार सिंहदरवारमा केहीबेर बसेको आफ्नो समूहका सांसदहरुको बैठकपछि प्रचण्ड, माधव र झलनाथ खनालसहितका शीर्ष नेताहरु संसद सचिवालयका महासचिव गौतमलाई भेट्न उनको कार्यकक्षमा पुगेका हुन् ।



    प्रचण्ड-माधव समूहले आफुहरुले संसदीय दलको नेताबाट केपी शर्मा ओली सहित उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीमाथि गरिएको कारवाहीलाई मान्यता दिलाउन सचिवालयलाई दबाब दिइरहेको छ ।

    ११२ जना सांसदको हस्ताक्षरसहित बहुमत सांसद आफूहरुसँग रहेकाले सोही बमोजिम आफूहरुले गरेका निर्णयलाई मान्यता दिन उनीहरुले सचिवालयलाई पत्र दिँदै आग्रह समेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार