Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्ड-माधव समूहलाई धक्का, सूचना दर्ता गर्न सचिवालयद्वारा अस्वीकार

    प्रचण्ड-माधव समूहलाई धक्का, सूचना दर्ता गर्न सचिवालयद्वारा अस्वीकार

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहलाई धक्का लागेको छ।

    संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेसँगै सो समूहलाई धक्का लागेको हो  ।



    गत शुक्रबार प्रचण्ड-माधव समूहले ११५ जना सांसदको उपस्थितिमा बैठक गरी केही दिनअघि संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको दावी गरेको थियो।



    आइतबार उक्त बैठकको सूचना दिन नेताहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरु संसद सचिवालयका महासचिव डा. भरतराज गौतमको कार्यकक्षमा पुगेका थिए  ।

    सचिवालयका महासचिव गौतमले दर्ता नगर्ने अडान राखेपछि सांसदहरु पम्फा भुसाललगायतले दर्ता नगर्नुको कारण लेखेर दिन माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार