Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सवारी दुर्घटनामा २ जनाको मृत्यु 

    सवारी दुर्घटनामा २ जनाको मृत्यु 

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं। ललितपुरको गोदावारी नगरपालिका-५ लेले खत्रीगाउँस्थित सडकमा बा.२ च ५९४९ नम्बरको पजेरो गाडी सडकबाट करिब ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा बर्दिया जमुनी-१ घर भएका २८ वर्षीय रबि सुनारको मृत्यु भएको छ । दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका पजेरो चालक समेत २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    सप्तरी, अग्निसाईर कृष्णासावरण गाउँपालिका-१ जन्डोलस्थित सडकमा प्रदेश ३-०१-०२४ च ४२६९ नम्बरको पिकपको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-१ जन्डोल सिमराटोल बस्ने २८ वर्षीय दिपक चौधरीको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । पिकप चालकलाई प्रहरीले पक्राउ गरेको छ  ।



    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार