Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महिला सैनिक अधिकृतमाथि यौन दुर्व्यवहार गर्ने जर्नेल बर्खास्त

    महिला सैनिक अधिकृतमाथि यौन दुर्व्यवहार गर्ने जर्नेल बर्खास्त

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । संगठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गर्ने नेपाली सेनाका सहायक रथी बर्खास्तीमा परेका छन् ।

    दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति (जर्नेल) पंकज कार्कीलाई नेपाली सेनाले एक साताअघि बर्खास्त गरेको सैनिक मुख्यालयले जनाएको छ ।



    यसरी यौन दुर्व्यवहार गरेको प्रमाणित भएर बर्खास्तीमा पर्ने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् ।



    कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले एक उच्च अधिकृतको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो ।

    उक्त कोर्ट अफ इन्क्वायरीले कार्कीले महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको पुष्टि गरेपछि सेनाले उनलाई सेवाबाट बर्खास्त गरेको हो ।

    कार्कीसँग उक्त घटनामा मुछिएका दुई महिला सैनिक पनि बर्खास्तीमा परेका छन् ।

    जर्नेल कार्कीमाथि गत वर्ष संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा एक जना महिला सैनिक अधिकृत र त्यसपछि नेपाल आएर २८ नम्बर बाहिनीपतिमा रहँदा अर्को महिला सैनिकलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

    कोर्ट अफ इन्क्वायरीले उक्त आरोप पुष्टि भएको जानकारी दिएपछि मुख्यालयले कार्कीसहित तीनै जनालाई बर्खास्त गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार