Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सीटीइभीटीको प्रश्नपत्र आउट गरेको आरोपमा ५ जना पक्राउ

    सीटीइभीटीको प्रश्नपत्र आउट गरेको आरोपमा ५ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 2.9K
    SHARES

    धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले सीटीइभीटीको प्रश्नपत्र आउट गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ।

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित भैरवचोकबाट प्रश्नपत्र आउट गरेको भन्दै ५जनालाइ पक्राउ गरिएको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।



    उनीहरुले फोटोकपी पसलबाट प्रश्नपत्र आउट गरी, फोटोकपी गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।



    प्रहरीले अनुसन्धानमा प्रभाव पर्नसक्ने भन्दै पक्राउ परेकाहरुको नाम भने गोप्य राखेको जनाएको छ ।

    यस विषयमा थप अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात सबैको नाम सार्वजनिक गरिने डिएसपी मिश्रले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार