Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • बैशाख १ देखि एमाले पार्टी कार्यालय थापाथलीमा

    बैशाख १ देखि एमाले पार्टी कार्यालय थापाथलीमा

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित नयाँ पार्टी कार्यालय भवनको निरीक्षण गरेका छन्।

    अध्यक्ष ओलीले थापाथली हाइटस्थित उमंगमार्गमा रहेको एक व्यापारीको घर पार्टी कार्यालयका लागि उपर्युक्त हुनेरनहुनेबारे निरीक्षण गरेका हुन्।



    आगामी वैशाख १ देखि थापाथलीमा सर्ने गरि निरीक्षण गरिएको एमाले नेताहरुले जानकारी दिए ।



    पार्टी कार्यालय रहने भवन निरीक्षणका लागि अध्यक्ष ओलीसहित अन्य शीर्ष नेताहरु पनि पुगेका थिए ।

    यसअघि बल्खुमा रहेको पार्टी कार्यालय ०७२ सालमा गएको भूकम्पले भत्काएपछि धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा सारिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार