Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कंगोमा विद्रोहीको हमलामा परी २९ जना गाउँलेहरु मारिए

    कंगोमा विद्रोहीको हमलामा परी २९ जना गाउँलेहरु मारिए

    अनलाइन नेपाल
  • शुक्रबार, २० चैत्र २०७७
  • 2.3K
    SHARES

    एजेन्सी। उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ ।

    युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो ।



    त्यस आक्रमणमा परेर कम्तीमा पनि २९ जना सर्वसाधारण नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । बेनीको नगरपालिका प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी गराएको छ ।



    ती नागरिकहरु सो क्षेत्रका स्थानीय रहेका पनि समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार त्यहाँका एक गाउँमा भएको सो हमलामा स्थानीय नागरिकहरुकै हत्या भएको पाइएको छ ।

    त्यसमा परेर अरु चार जना विद्रोही पनि मारिएका छन् । ती विद्रोहीहरु गाउँलेले प्रतिकार गर्ने क्रममा ज्यान गएको समाचारमा जनाइएको छ ।
    सो क्षेत्रमा अरु कम्तीमा पनि ५० जना सर्वसाधारण हराएका छन् । उनीहरुलाई ती विद्रोहीहरुले अपहरण गरेर लगेका त्यहाँको सैनिक स्रोतले जनाएको छ । हत्याको कारण खुल्न सकेको छैन ।

    त्यहाँको सैनिकले ती हत्याराहरुको खोजी जारी रहेको पनि बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार