Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ऋण तिर्न नसकेर फरार भएका सहकारीका अध्यक्ष पक्राउ

    ऋण तिर्न नसकेर फरार भएका सहकारीका अध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    ललितपुर। महानगरीय प्रहरी परिसर ललितपुरले गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा अध्यक्ष दिवाकार श्रेष्ठ रहेका छन् ।



    प्रहरीका अनुसार ललितपुरको कुमारीपाटीमा रहेको उक्त सहकारीका अध्यक्ष श्रेष्ठ ऋण तिर्न नसकेपछि फरार रहेका थिए ।



    ‘उनी १५ – १६ दिनदेखि फरार थिए दिनमै दुई-तीन ठाउँ फेर्दै लुकिरहेका थिए, हिजो चितवनबाट पक्राउ गर्‍यौं।’  ललितपुर प्रहरी स्रोतले भन्यो।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरमा म्याद थप गर्न लागेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार