Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • नेपाली फुटबल टिमको प्रशिक्षकमा ‘अब्दुल्लाह अलमुताइरी’

    नेपाली फुटबल टिमको प्रशिक्षकमा ‘अब्दुल्लाह अलमुताइरी’

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 3.9K
    SHARES

    काठमाडौँ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष)को  मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरेको छ।

    उनलाई टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको एन्फाले जनाएको छ।



    आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसीपमा अब्दुल्लाहले नेपाली टिम सम्हाल्ने छन् ।



    एन्फाका अनुसार अब्दुल्लाहलाई एक वर्षका लागि नियुक्त गरिएको छ ।

    उनले यसअघि कतार, किर्गिस्तान, साउदी अरेबिया र कुवेतका विभिन्न टिमको नेतृत्व गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार