Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सामान्य विवादमा छोराहरुले कुटपिट गर्दा विराटनगरमा बाबुको मृत्यु

    सामान्य विवादमा छोराहरुले कुटपिट गर्दा विराटनगरमा बाबुको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २९ चैत्र २०७७
  • 1.9K
    SHARES

    मोरङ।  सामान्य घरायसी विवादमा छोराहरुले कुटपिट गर्दा विराटनगरमा शनिबार राति बाबुको मृत्यु भएको छ । स्थानीय ५२ वर्षीय विको सहनीको मृत्यु भएको हो ।

    विराटनगर-८ का वडा सदस्य सुरेन्द्रकुमार राय आमात्यका अनुसार मदिरा पसल सञ्चालन गर्दै आएको सहनीलाई घरायसी विवादमा छोराहरुले कुटपिट गर्दा मृत्यु भएको छ ।



    विवादकै क्रममा उनको एक छोराले घाँटी समातेर घरको पिलरमा ठोकाई दिँदा तत्काल लडेर मृत्यु भएको थियो । घरको पिलरमा ठोकिएर भुइँमा लडेका उनलाई  तत्काल उपचारका लागि कोशी अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।



    झगडा छुटाउन गएका छिमेकी राजन आमात्यलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

    मृतकका का तीन भाइ छोरा रवी, लटुवा र भंगरु सहनी फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार