Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपालगञ्जमा आज मध्यरातबाट एक साता लकडाउन

    नेपालगञ्जमा आज मध्यरातबाट एक साता लकडाउन

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 4.2K
    SHARES

    नेपालगन्ज । बाँकेको नेपालगञ्जमा आज मध्यरातिदेखि एक साताका लागि लकडाउन गरिएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रभरी लकडाउन गर्ने निर्णय गरिएको हो।

    प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन गरिने जानकारी दिए ।



    बाँकेमा आज बिहानसम्म सक्रिय संक्रमितको संख्या ७३५ पुगेको छ । अस्पतालहरु बिरामीले भरिएका छन् । अवस्थालाई हेरी लकडाउन गर्नु परेको गेलाले बताए।



    लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै सेवा सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत प्रतिबन्ध लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार