Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • भारत र नेपालबाट गएका व्यक्तिमा बी १६१७ भेरियन्टको कोरोना देखिएपछि चीनमा ‘हाईअलर्ट’

    भारत र नेपालबाट गएका व्यक्तिमा बी १६१७ भेरियन्टको कोरोना देखिएपछि चीनमा ‘हाईअलर्ट’

    अनलाइन नेपाल
  • शुक्रबार, १७ बैशाख २०७८
  • 2.8K
    SHARES

    एजेन्सी। चिनियाँ अधिकारीहरूले  चीनमा बाहिरबाट आउँदै गरेका केही मानिसहरूमा बी १६१७ भेरियन्टको कोरोना देखिएपछि देशमा ‘हाईअलर्ट जारी’ गरिएको जनाएका छन् ।

    कोरोना भाइरसको दोस्रो भेरियन्ट भारतमा पहिलो पटक फेला परेपछि तरंग फैलिएको छ।



    यद्यपि वैज्ञानिकहरू दोस्रो चरणको कोरोना भाइरसले भारतमा यति खतरनाक रुप कसरी लियो भनेर अझै छलफल गरिरहेका छन् ।



    चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का प्रमुख वू जुनुउले प्रेस सम्मेलनमा यस कुराको पुष्टि गरे पनि कति जनामा भाइरसको प्रकार देखियो भन्ने कुरा भनेनन्।

    वू जुनुउले  भारतमा कोरोनाको दोस्रो लहर र अन्य ठाउँमा कोरोनाका केसहरूले उत्पन्न भएको स्कटले  फेरि चेतावनी दिएको उल्लेख गर्दै यस महामारी नियन्त्रण हुन नसकेको स्विकारे ।

    हङकङमा प्रकाशित अंग्रेजी अखबार साउथ चाइना मर्निङ पोस्टले अप्रिल २८ को संस्करणमा  चिनियाँ स्वास्थ्य अधिकारीहरूलाई उल्लेख गर्दै भारतबाट आएका चार जना र नेपालबाट आएका एक जनामा कोरोना संक्रमित देखिएको वताए पनि बी १६१७ भेरियन्ट भए/नभएको केही वताएनन् । – बिबिसी हिन्दी 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार