Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • इजरायलले भयानक नतिजा भोग्नुपर्ने भन्दै ओआईसीले दियो चेतावनी, इस्लामिक संसारको भावनामा ठेस पुर्याएको दाबी

    इजरायलले भयानक नतिजा भोग्नुपर्ने भन्दै ओआईसीले दियो चेतावनी, इस्लामिक संसारको भावनामा ठेस पुर्याएको दाबी

    अनलाइन नेपाल
  • आइतबार, २ जेष्ठ २०७८
  • 3.7K
    SHARES

    एजेन्सी। इस्लामिक राष्ट्रहरूको संगठन इस्लामिक को-अपरेसन’ (ओआईसी) ले आइतबारको एक आपतकालीन बैठकमा प्यालेस्टाइनमा भएका आक्रमणको लागि इजरायलको आलोचना गरेको छ ।

    बैठकपछि जारी विज्ञप्तिमा ओआईसीले  इजरायलले प्यालेस्टाइन जनता र इस्लामिक संसारको भावनामा ठेस पुर्याएको भन्दै भयानक नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ ।



    आइतवारको यो भर्चुअल बैठकपछि ओआईसीले एक विज्ञप्ति जारी गरेको छ । ओआईसीले प्यालेस्तिनी क्षेत्रमा इजरायलको कब्जा र त्यहाँ भेदभावपूर्ण प्रणालीको  विरोध गरेको छ ।



    ओआईसीको बैठकले इजरायलको बिरूद्ध अन्तर्राष्ट्रिय कानुनी कारबाही गर्न आह्वान गरेको छ।

    उक्त विज्ञप्तिमा इजरायलले प्यालेस्टाइनहरूका पूर्वी क्षेत्रहरूसमेत कब्जा गरेको, इजरायली आक्रमण र गाजामा उनीहरूको धार्मिक स्थलमा गरिएको आक्रमणको निन्दा गरिएको छ । विज्ञप्तिमा यो अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई प्रत्यक्ष खतरा भएको जनाइएको छ ।

    ओआईसीले यस मुद्दामा राखिएको प्रस्ताव तुरुन्तै कार्यान्वयनमा ल्याइने तथा  यसलाई युरोपियन आयोग, संयुक्त राष्ट्र संघ -महासचिव, मानवअधिकार उच्चायुक्त र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा पुर्‍याइने वताएको छ।

    ओआईसीले सबै सदस्य राष्ट्रहरूलाई प्यालेस्तिनीहरूलाई सहयोग पुर्‍याउन र उनीहरूको अधिकारको लडाईमा समर्थन गर्न अपील गरेको छ। प्यालेस्तिनीहरूलाई आर्थिक सुरक्षा नेटवर्क निर्माण गर्न अपील गरेको छ।

    ओआईसीले साउदी अरबको अनुरोधमा निरन्तर बढिरहेको टकरावलाई हेरेर बैठक बोलाएको हो।

    ओआईसीको बैठकमा साउदी अरबले इजरायलको कडा आलोचना गर्‍यो र अन्तर्राष्ट्रिय समुदायबाट तत्काल कारबाहीको माग गरेको छ ।

    इजरायलको सेनाले  गाजाको सिमानामा पुगेर आक्रमण गरेको थियो । बिबिसी हिन्दी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार