Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेपाली कांग्रेसका क्षेत्रीय सचिव ऐरको कोरोना संक्रमणबाट निधन

    नेपाली कांग्रेसका क्षेत्रीय सचिव ऐरको कोरोना संक्रमणबाट निधन

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    कैलाली। नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण गए राति निधन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उनको निधन भएको हो ।

    गत वैशाख २८ गते पिसिआरको नतिजा पोजेटिभ आएपछि घरमै आइसोलेशनमा बस्दै आएका ऐरलाई तीन दिनअघि मात्रै स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्लाफाँटा नगरपालिका–९ सिसैया स्थायी घर भएका ऐर परिवारसहित कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा बसोबास गर्दै आएका थिए ।



    ऐरका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार