Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • डा. भट्टराइले आफ्नै पार्टीका नेतालाई माग्ने भनेपछि…

    डा. भट्टराइले आफ्नै पार्टीका नेतालाई माग्ने भनेपछि…

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टाीका नेता बाबुराम भट्टराईले आफ्नै दलका नेताहरुलाई माग्नेको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सत्ता प्राप्तिका लागि र्‍याल चुहाएको भन्दै आफ्नै दलका नेताप्रति कटाक्ष गरेका हुन्।

    डा. भट्टराईले इतिहासमा पहिलोपटक मधेसी प्रधानमन्त्री बन्ने सम्भावना बढेका बेला केही नेताले मन्त्री पद मागेर त्यसलाई गुमाएको भन्दै उदाहरणका रुपमा एउटा ठट्टा पनि लेखेका छन्।



    भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘इतिहासमा पहिलोपटक मधेसी प्रम बन्ने सम्भावना बढेको बेला त्यसलाई लत्याएर पुरानै सत्ताधारीसँग मन्त्री माग्न तम्सिएका केही नेताबारे एक मधेसी मित्रले गरेको ठट्टा– एउटा भिखारीले चिट्ठा किनेछ।अर्कोले सोधेछ–एक करोड पाए के गर्छस्– गाडी किन्छु। गाडीले के गर्छस्– गाडी चढेर माग्न जान्छु !’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार