Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • चक्रवातको प्रभाव : मौसममा बदली

    चक्रवातको प्रभाव : मौसममा बदली

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । बंगालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण आज मौसम बदली भएको छ ।

    बंगालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल चक्रवात यासमा परिणत भएको छ । सो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा मंगलबार धेरै शक्तिशाली चक्रवातमा परिणत हुनेछ । बुधबारसम्ममा अझ धेरै शक्तिशाली चक्रवातमा परिणत हुने छ ।



    सो प्रणालीका कारण मंगलबार अपरान्ह पछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।



    उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले आजदेखि केही दिनसम्मका लागि हिमाल आरोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाइ सुरक्षित रहन मौसमविदले आग्रह गरेका छन् ।

    देशभरका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ।

    प्रदेश १, प्रदेश २, गण्डकी र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।

    यसैगरि राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार