Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कांग्रेस भन्छ – ओलीले कोरोनाको आडमा सत्ता टिकाउन खोजे

    कांग्रेस भन्छ – ओलीले कोरोनाको आडमा सत्ता टिकाउन खोजे

    अनलाइन नेपाल
  • बुधबार, १२ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले काेराेना संक्रमितलाई उपचार गर्ने भन्दा पनि कोरोनाको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थसिद्धी गर्ने काम सरकारबाट भइरहेको निष्कर्ष निकालेको छ।

    आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा  बसेको पदाधिकारी बैठकले कोरोनाको आडमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता बचाउने खेल खेलेको निष्कर्ष निकालेकाे हाे ।



    बैठकपछि पत्रकारहरुसँग बोल्दै  सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘ओली नेतृत्वको सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा नलागेर जनतामा आतंक फैलाउने तर्फ लागेको बताए। ‘दुई दिनभित्र किनमेल गर्नु भन्नेजस्ता कुरा गरेर यो सरकार जनतामा आतंक फैलाउन खोज्दैछ,’ महामन्त्री महतले भने।



    बैठकमा सरकारले पिसिआर परीक्षण नगर्ने, संक्रमितको उपचार नगर्ने तर जनतामा आतंक फैलाउने काम गरिरहेको भन्दै दैनिक ज्यालादारीदेखि साना लगानीका उद्यमहरू संकटमा परेकोले हातमुख जोर्न सरकारले सहयोग गर्नुपर्ने कांग्रेसको भनाइ छ।

    सभापति देउवाले केही दिनअगाडि प्रधानमन्त्री ओलीलाई भेटेरै कोरोनाबारे १५ बुँदे ध्यानाकर्षण पत्र बुझाए पनि त्यसअनुसार सरकार अगाडि नबढेको भन्दै सरकारको आलोचना गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार