Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मन्त्री आलेले स्टिकर टाँसेर बाँडेका अक्सिजनका सिलिन्डरहरुको ‘नोजल’मा समस्या देखियो

    मन्त्री आलेले स्टिकर टाँसेर बाँडेका अक्सिजनका सिलिन्डरहरुको ‘नोजल’मा समस्या देखियो

    अनलाइन नेपाल
  • बुधबार, १२ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    धनगढी। वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आफ्नो फोटोको स्टिकर टाँस्दै वितरण गरेका अक्सिजनका सिलिन्डरहरुको नोजलमा समस्या भएको पाइएको छ।

    मन्त्री आलेले छातीमा हात राखेर आफैले किनेर दिएको सामान विदेशी अनुदानको होइन भन्दै डोटीमा ६० र कैलालीको सेती प्रादेशिक अस्पताललाई ५० वटा अक्सिजनका सिलिन्डरहरु सहयोग गरेका थिए।



    तर , स्टिकर टासेर मन्त्री आलेले दिएका सिलिन्डरका नोजल पहिलाका सिलिन्डरमा प्रयोग गरिरहेका भन्दा भिन्नै प्रकारका रहेकाले रिफिल गर्न फेर्न समस्या देखिएको सेती प्रादेशिक अस्पतालका बायो मेडिकल इक्वीपमेन्ट टेक्नेसियन अरुण पनेरुले बताए।



    पनेरुका अनुसार सबै प्रयोगमा आइसकेका छैनन् । तर प्रयोग गरिएका अधिकांशमा नोजल रिफिल गर्दा फेर्नुपर्ने र कतिपयको नोजल लिकेज भइरहेको जस्तो पनि देखिन आएको छ।

    ‘रेगुलेटर भन्दामाथि लाग्ने फ्लो मिटर फरक खालको आएकाले भरिएको अक्सिजन सकिएपछि थन्काउनुपर्ने स्थिति बनेको छ’ उनले भने।

    आलेले गृहजिल्लाका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सट्रेटर , ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजरलगायत स्वास्थ्य सामाग्रीहरु पुर्याएका थिए ।

    आलेले डोटी पुर्याएका सिलिन्डरदेखि औषधीका प्याकेटसम्ममा आफ्नो तस्विर टाँसेका थिए । जनता कोरोना महामारीले मृत्युवरण गरिरहँदा अनुदानको सिलिन्डरमा समेत मन्त्री आलेले आफ्नो तस्विर छापेर वितरण गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार