Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कोरोना संक्रमणबाट वडाध्यक्ष शिगूको निधन

    कोरोना संक्रमणबाट वडाध्यक्ष शिगूको निधन

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    फाइल तस्बिर

    पाँचथर । कोरोना भाइरस सङ्क्रमण भई उपचाररत हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा आज बिहान निधन भएको छ ।

    दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई आज बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले जानकारी दिए ।



    ‘शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको छ’,उनले भने “परिवारजन र झापा प्रशासनसँग समन्वय गरिरहेका छौँ”, अध्यक्ष लिङ्देनले भने, झापामै शव व्यवस्थापन हुन्छ ।’



    कोरोना भाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । शरीरमा अक्सिजनको मात्रा बढ्न नसकेपछि लामो समय उहाँलाई बिएण्डसी अस्पतालको सघन उपचारकक्षमा राखी उपचार भइरहेकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार