Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • हुलाकी राजमार्गलाई ६ अर्ब ३९ करोड र रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट

    हुलाकी राजमार्गलाई ६ अर्ब ३९ करोड र रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । सरकारले हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड र रेलमार्गका लागि १० अर्ब ३ करोड रुपैयाँ विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो वर्ष हुलाकी राजमार्ग र रेलमार्गका लागि यो बजेट विनियोजन भएको जानकारी गराएका हुन् ।

    ३० वर्ष अघिबाट बनाउन सुरु गरिएको हुलाकी राजमार्ग एक वर्षभित्र निर्माण गरिसक्ने पनि उनले घोषणा गरेका छन् । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १० अर्ब भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए ।



    उनले आगामी वर्ष जनकपुर–जयनगरसहितका रेलमार्गमा रेल चलाइने घोषणा गरेका छन् । चालु आर्थिक वर्षमा सरकारले रेलमार्गका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार