Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • थाइल्याण्डले पठाएको स्वास्थ्य सामग्री सहितको विमान काठमाडौँ आइपुग्यो

    थाइल्याण्डले पठाएको स्वास्थ्य सामग्री सहितको विमान काठमाडौँ आइपुग्यो

    अनलाइन नेपाल
  • आइतबार, १६ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ । थाइल्याण्ड सरकारद्वारा नेपाललाई सहयोग स्वरूप प्रदान गरिएको स्वास्थ्य सामग्री सहितको विमान काठमाडौँमा आइपुगेको छ।

    आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्यान्डका लागि नेपाली राजदूत भोषित भोरासाफले उक्त स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।



    थाइल्याण्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिले व्यक्तिगत रूपमा उक्त सहयोग नेपाललाई प्रदान गरेकोमा उक्त सहयोगका लागि परराष्ट्र मन्त्रालयले कृतज्ञता समेत प्रकट गरेको छ।



    सर्किजल मास्क, पिपिई गाउन, रेपिड एन्टिजन किट,अक्सिमिटर ६०० थानलगायतका स्वास्थ्य सामग्री विमानस्थलबाट राजदूत भोषितले स्वास्थ्यमन्त्री त्रिपाठीले ग्रहण गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार