Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • फ्रान्सबाट स्वास्थ्य सामग्री लिएर एयरबसको जहाज काठमाडौँ आइपुग्यो

    फ्रान्सबाट स्वास्थ्य सामग्री लिएर एयरबसको जहाज काठमाडौँ आइपुग्यो

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौँ । कोभिड-१९ रोकथामका लागि फ्रान्स सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री आज बिहान काठमाडौँ आइपुगेकाे छ ।

    त्रिभुवन विमानस्थलमा आज बिहान एयरबसको ए ३५० जहाजमार्फत्ने फ्रान्स सरकारले सहयोग स्वरुप दिएको मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस रेस्पिरेसन तथा कन्सुमेल लगायत सामग्री आइपुगेको फ्रान्सेली दूतावासले जनाएको छ।



    विमानस्थलमा नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।



    प्राप्त स्वास्थ्य सामग्रीमा एफएफपी २ मास्क ५ लाख ४ हजार थान, एन्टिजेनिक टेस्ट २० हजार २२५ थान, प्रोटेक्सन ग्लासेस ज्ञद्द हजार थान, ओरिस रिस्पिरेसन एण्ड कन्सुमेबल ९ थान र सिरिअस ५० रिस्पिरेटर एण्ड कन्सुम्बल छ थान सहयोग रहेको राजदूतावासले जनाएको छ ।

    यसअघि पनि नेपाललाई चीन, भारत र अन्य थुप्रै देशहरुबाट सहयोग आएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार