Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आफ्नै छोरीलाई यौन दुर्व्यवहार गर्ने बुवा पक्राउ

    आफ्नै छोरीलाई यौन दुर्व्यवहार गर्ने बुवा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। आफ्नै १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

    काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने गोरखा घर भएका ३८ वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।



    ती पुरुषले डरत्रास धाकधम्की दिई यौन दुर्व्यवहार​ गरेको भन्‍ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।



    यता, भक्तपुरमा पनि १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-७ गुण्डु बस्ने ५० वर्षीय हरिकृष्ण कोजुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    कोजुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार