Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • फ्रान्सद्वारा वेल्स ३-० गोलअन्तरले पराजित

    फ्रान्सद्वारा वेल्स ३-० गोलअन्तरले पराजित

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 2K
    SHARES

    एजेन्सी । युरोकप फुटबलको तयारीका भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले उत्कृष्ट जित निकालेको छ ।

    फ्रान्सको घरेलु मैदानमा बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित वेल्सलाई ३-० गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले उत्कृष्ट जित निकालेको हो।



    फ्रान्सको जितमा केलियन एमबाप्पे, एन्टोनियो ग्रीजम्यान र ओसुमान डेम्बेलेले क्रमसः ३५, ४५ र ७९ मिनेटमा समान एक एक गोल गरे ।



    खेलको २६ औं मिनेटमा निको विलियम्सले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो ।

    २७ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्न सकेनन् । ६ वर्षपछि राष्ट्रिय टिममा फर्किएका बेन्जिमाको पेनाल्टी प्रहार वेल्सका गोलकिपर डेनी वार्डले बचाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार